चार दिनदेखि फोहर उठ्न सकेन – Janadesh Daily | ePaper

चार दिनदेखि फोहर उठ्न सकेन


भरतपुर:

भरतपुर महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन् ।

महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर महानगरले ल्यान्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि जनाउँदै सो क्षेत्रमा फोहर फाल्ने गरेको छ ।

भरतपुर–३ को सन्सारीमाई टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले प्रदूषण बढेकाले फोहर फाल्न रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खाल्डोमा फोहर फाल्ने गरिएको थियो, अहिले खुल्ला ठाउँमै फाल्न थालिएको छ ।

अस्पतालजन्य फोहरहरु पनि असरल्ल फाल्न थालेपछि विरोध गरेका हौँ ।” महानगरपालिकाभित्र कुहिने फोहर घरमै व्यवस्थापन गर्नुपर्ने भन्दै नकुहिने फोहर मात्र व्यवस्थापनका लागि समस्या नहुने उहाँको भनाइ छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्