राप्ती इञ्जिनियरिङ कलेजमा एआई र प्रम्ट इञ्जिनियरिङ तालिम तथा कार्यशालाको उद्घाटन सम्पन्न – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजमा एआई र प्रम्ट इञ्जिनियरिङ तालिम तथा कार्यशालाको उद्घाटन सम्पन्न


घोराही, दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा एआई र प्रम्ट इञ्जिनियरिङ सम्बन्धी तालिम तथा कार्यशालाको उद्घाटन सम्पन्न भएको छ । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त तालिम आयोजना गरिएको कलेज प्रशासनले जनकारी गराएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक डा. शैलेन्द्र गिरीले भन्नु भयो, ‘एआई मानिसले विकास गरेको एउटा प्रशिक्षित कम्प्युटर ऐप्लिकेशन हो जसले अहिले बोल्न, सुन्न, विश्वका विभिन्न भाषा बुझ्न, डाटाहरुको सहयोगमा विश्लेषण गर्न, सुनेर लेख्न, शब्दको आधारमा भिडियो बनाउँन, गीतमा गीतमा संगीत भर्न, भाषा अनुवाद गर्न र आफ्नो निर्णय दिन सक्छ’ ।

साथै उहाले एआईलाई दिएको विशिष्ट प्रम्ट वा इनपुटको आधारमा उत्तम नतिजा दिन सक्ने बताउनु भएको थियो । एआई र यसको अनुप्रयोगहरूको गतिशील प्रकृतिलाई प्रतिबिम्बित गर्दै, प्रम्प्ट इन्जिनियरिङको क्षेत्र विकसित हुने क्रम जारी रहेको बताउदै डा. गिरीले यसको बारेमा सबैले जान्न जरुरी रहेको बताउनु भयो । डा. गिरीले तालिमको विषय बस्तुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष एवं कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले एआईको प्रयोग सबै क्षेत्रमा बढ्दो क्रममा रहेकोले यसलाई सबैले राम्रोसंग सिक्न र प्रयोग गर्न अनुरोध गर्नु भयोे ।

विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले उनीहरुलाई एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धि ज्ञान र सीप प्रदान गर्न उक्त कार्यक्रम आयोजना गर्न खोजेको प्रिन्सीपल रेशम गिरीले बताउँनु भयो । साथै प्रिन्सीपल गिरीले भन्नु भयो ,’अबको शिक्षण सिकाईमा एआईको प्रयोग र एआई विकासमा कलेजले ध्यान दिने छ’ ।

उक्त कार्यक्रममा ई शर्मिला दहितले शुभकामना मन्तव्य राख्दै भन्नु भयो एआईलाई प्रयोग गरेर विद्यार्थीहरुले नयाँ नयाँ ज्ञान र सीप सिक्नुको साथै पेशागत सीप विकासमा सयोग गर्ने छ ।

कार्यक्रमको सहजीकरण प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो । तालिममा डिप्लोमा इन कम्प्युटर इन्जियिरिङका विद्यार्थीहरुको सहभाीगता रहेको थियो ।

लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थीत राप्ती ईन्जिनियरिङ कलेज एआई र प्रम्ट ईन्जिनियरिङ सम्बन्धी तालिम संचालन गर्ने पहिलो कलेज रहेको छ । यसले प्रत्येक बर्ष सुचना प्रविधि सम्बन्धी र व्यवस्थापन सम्बन्धी विभिन्न सेमिनार, कार्यशाला, सम्मेलन जस्ता कार्यक्रम संचालन गर्दै आई रहेको छ । यस कलेजमा व्याचलर तर्फ विई सिभिल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड क्म्युनीकेसन, विसिए र विविए कार्यक्रम संचालनमा रहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर ईन्जिनियरिङ र प्रिडिप्लोमा तर्फ सिभिल, सर्भे र इलेक्टीकल कार्यक्रमहरु संचालनमा रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्