गण्डकीमा माओवादी केन्द्रको केन्द्रीय परामर्श बैठक सुरु – Janadesh Daily | ePaper

गण्डकीमा माओवादी केन्द्रको केन्द्रीय परामर्श बैठक सुरु


पोखरा । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गरेका छन् ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रुपमा जनतामा जाने माओवादीको तयारी छ।

परामर्श बैठक कहाँ कहिले ?
–बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते ।

–उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते ।

–गण्डकी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।

–सुदूपश्चिम प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते ।

–कर्णाली प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।

–लुम्बिनी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।

–तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।

–मधेश प्रदेशका केसहरूको बैठक भदौ २२ र २३ गते ।

–१ नं प्रदेशका केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।

–जवस मोर्चामा कार्यरत पार्टी केसहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केसहरूको बैठक भदौ २७ र २८ गते ।
–प्रवास प्रदेशमा कार्यरत पार्टी केसहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते ।

–जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्