इजरायली सेनाले प्यालेस्टाइनको वेस्ट बैंक एकै पटक ४ शहरमा आक्रमण सुरु गरेको छ ।
इजरायली सेनाले जेनिन, तुलकर्म, नाब्लस र तुबास शहरमा एकैपटक हमला गरेको बीबीसीले जनाएको छ । आतंक सखाप पार्न आतंकवादविरोधी अभियान चलाएको इजरायली सुरक्षा बलले जनाएको छ ।
इजरायली सेनाले सञ्चालनमा ल्याएको यस अभियानलाई बृहत रुपमा हेरिएको छ । शहरको शरणार्थी शिविरमा भएको सशस्त्र झडपका कारण जेनिनको मुख्य सडक बन्द गरिएको छ ।यस्तै, इजरायली हवाई आक्रमणले एक गाँउमा भएको वाहनलाई पनि निशाना बनाएको छ ।
इजरायली सेनाले जेनिनको अस्पतालमा प्रवेश गर्नुको साथै तुलकर्ममा २ अस्पताल बन्द पनि गरेको छ । इजरायली सेनाले नब्लसमा मारेको छापामा २ शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली ड्रोन आक्रमणपश्चात तुबासमा एम्बुलेन्स जान पनि समस्या भएको छ ।
इजरायली सेनाले आन्तरिक सुरक्षा सेवाको समन्वयमा आतंकवादविरुद्ध अभियान चलाएको बताएको छ ।यसअघि, इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा परी ११ प्यालेस्टिनीको मत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले जनाएको थियो ।
अल–फारा शरणार्थी शिविरमा ५ जनाको मृत्यु भएको र ६ जना जेनिनमा भएको ड्रोन आक्रमण र सशस्त्र झडपमा परी मृत्यु भएको बीबीसीले जनाएको छ ।