तोलाकै १ लाख ५३ हजार २०० पुग्यो सुनको मूल्य – Janadesh Daily | ePaper

तोलाकै १ लाख ५३ हजार २०० पुग्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १८ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्