गुजरातमा आएका बाढीमा परी २८ जनाको मृत्यु – Janadesh Daily | ePaper

गुजरातमा आएका बाढीमा परी २८ जनाको मृत्यु


अहमदाबाद । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ । नदीनजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

गुजरात सरकारले बुधबार (हिजो) बाढीमा परेर १३ र घर वा रुखहरूले किचेर अरू व्यक्तिको मृत्यु भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले राज्यभरि बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

स्रोतका अनुसार, करिब एक हजार ८५६ जनाको उद्धार गरिएको छ । राहतकार्यका निम्ति सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

विपद्का कारण ऊर्जा तथा विद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँ विद्युत्विहीन भएको जनाइएको छ ।

सार्वजनिक तस्बिर र भिडियोमा उद्धारकर्मीले बाढीमा फसेका मानिसलाई बचाउन प्रयास गरिरहेका देखाइएको छ ।

विज्ञले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्