यमनमा असमर्थित सशस्त्र समूह हुथीद्वारा लाल सागरमा तेल बोकेका ट्याङ्करमाथि आक्रमण – Janadesh Daily | ePaper

यमनमा असमर्थित सशस्त्र समूह हुथीद्वारा लाल सागरमा तेल बोकेका ट्याङ्करमाथि आक्रमण


यमनमा असमर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् ।

सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू लगून प्रथममाथि सो आक्रमण भएको हो । हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ ।

आक्रमणको समयमा दुबै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ । आक्रमणमा परेको भएता पनि ट्याङ्करहरूमा ठूलो क्षति वा हताहत नभएको र गन्तव्यतर्फ अगाडि बढेको बताइएको छ । ब्लू लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भएपनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन । आक्रमणको समयमा दुबै ट्याङ्करमा कच्चा तेल थिए ।

साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो । पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ । यी ट्याङ्करमाथि यमनको उत्तरपश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो । लाल सागरमा हुथी आक्रमण बढेको छ । नोभेम्बर यता ७० भन्दा धेरै पटक आक्रमण भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्