‘जनयुद्धलाई हिंसा भन्नेले पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने ?’ – Janadesh Daily | ePaper

‘जनयुद्धलाई हिंसा भन्नेले पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने ?’


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिन माग गरिएको छ। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले यस्तो माग गरेका हुन् ।

अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै मोदीले उनलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन्। प्रचण्डले समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको र सबै परिवर्तनहरूको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने उनको भनाइ थियो।

‘जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो,’उनले भने, ‘तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यी सबैको जनक भनिनुपर्छ।’

मोदीले जनयुद्धलाई हिंसा भन्ने भए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे। उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्