फ्रान्समा डुंगा दुर्घटना, ६ बालबालिकासहित १२ जनाको मृत्यु – Janadesh Daily | ePaper

फ्रान्समा डुंगा दुर्घटना, ६ बालबालिकासहित १२ जनाको मृत्यु


फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन् ।

स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ ।

दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डुङ्गा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले समाचार खेलेको छ । डुङ्गामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए ।

यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो । मंगलबारको घटनासम्म, २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए । जुन २०२१ पछि सबैभन्दा बढी हो ।

युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन् । तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुङ्गामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।

इंग्लिश च्यानलमा साना डुङ्गामार्फत खतरनाक यात्रा गर्ने मानिसको संख्या बढ्दै गएको छ । २०१८ देखि १३५,००० भन्दा बढी मानिसले यस मार्गमार्फत युकेमा प्रवेश गरेका छन् ।

यस वर्ष २१ हजारभन्दा बढी मानिसले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्