९० अंकले घट्यो नेप्से, १२ अर्ब ९२ करोडको कारोबार – Janadesh Daily | ePaper

९० अंकले घट्यो नेप्से, १२ अर्ब ९२ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९०.७३ अंकले घटेर दुई हजार ७३९.४६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ५०, विकास बैंक १३०, फाइनान्स १८८, होटल तथा पर्यटन ३२८, हाइड्रोपावर १२५,
जीवन बीमा ५२८, उत्पादन १८९, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा ३८८, अन्य ८१ र ब्यापार उपसमूह १०३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कुमारी इक्वीटी फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३२० कम्पनीको २ करोड ६५ लाख कित्ता सेयर १२ अर्ब ९२ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्