भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि: श्रेष्ठ – Janadesh Daily | ePaper

भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि: श्रेष्ठ


काठमाडौं। नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन्।

पोष्टबहादुर बोगटीको दशौं स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको दाबी गरेका हुन्।

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरु मुछिँदै गएकाले उनीहरुलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरुबाट भएकाले प्रतिवाद गर्नुपरेको दाबी गरे। हिंसा शव्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शव्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका बिषयमा बिचार मिल्नेसंग सहकार्य गर्दैै अघि बढ्ने जनाए। उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरि राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे।

सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्