४५ किलो गाँजासहित दुई पक्राउ – Janadesh Daily | ePaper

४५ किलो गाँजासहित दुई पक्राउ


चितवन,

इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका—३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

भरतपुर महानगरपालिका—१८ चनौली बजारमा चेकजाँचका क्रममा वा३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ । इन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्