कोरोना संक्रमणबाट काठमाडौंका १ जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणबाट काठमाडौंका १ जनाको मृत्यु


जनादेशडेली संबाददाता । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध रहेका छन् ।

उच्च रक्तचाप र पार्किन्सनको समस्या भएका वृद्ध काठमाडौं एक निजी अस्पतालमा छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल पुगेका थिए । उनलाई अस्पतालको आइसोलेसनमा राखिएको र उनको उपचारको क्रममा असार १७ गते राति मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्