गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा – Janadesh Daily | ePaper

गिरी पनि बोर्ड सदस्यमा मनोनीत, क्यानमा फर्किए लामा


जनादेशडेली संबाददाता । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनीत भएका छन् । लामा र गिरी राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मनोनीत भएका हुन् । परिषद्ले क्यानको बोर्डमा आफ्ना दुईजना प्रतिनिधि सिफारिस गर्न पाउने प्रावधान छ । गत १० असारमा परिषद्कै सिफारिसका आधारमा मंगलबार लामा र गिरीले क्यानमा बोर्ड सदस्यका रूपमा प्रवेश पाएका हुन् ।

व्यवस्थापनमा निकै पोख्त मानिएका लामा क्विन्स इभेन्ट्सका प्रबन्ध–निर्देशक हुन् । क्यानका अर्को मनोनीत गिरी मदन भण्डारी स्पोर्टस् फाउन्डेसनअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन् । यसअघि लामाले क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को अनुभव बटुलिसकेका छन् । ०६८ सालमा टंक आङबुहाङ अध्यक्ष क्यानमा उनले म्यानेजमेन्ट लेभल जिम्मेवारी पाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्