अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ – Janadesh Daily | ePaper

अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ


जनादेश, गण्डकी ।

विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध नेपाली काँग्रेससँग आस्थावान् व्यक्तिको भेलाले सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ कास्की जिल्ला तदर्थ समिति गठन गरेको छ ।

महासंघको विधानबमोजिम गठित समितिका सहसंयोजकमा अञ्जु बराल, सचिवमा क्षेत्रबहादुर बराल क्षेत्री, सहसचिवमा मानकुमारी बराल, कोषाध्यक्षमा छत्रधर आत्रेय र प्रवक्तामा सचिन रानाभाट हुनुहुन्छ । समितिमा कास्कीका पाँच वटै स्थानीय तहको प्रतिनिधित्व छ ।

त्यस्तै सदस्यमा सुरेश श्रेष्ठ, अर्जुन गुरुङ, केशरीरमण न्यौपाने, कोपिला तिवारी, टीकाराम लम्साल, दुर्गाराज रेग्मी, प्रमोद कोइराला, भुला केसी., ई.भृगुराज भट्टराई र भोलानाथ पौडेल, महेशकुमार सिग्देल, मोहदत्त पोख्रेल, यानी परियार, रविरमण तिवारी, लोकचन्द्र खनाल, विशाल गुरुङ, विष्णु गुरुङ, वेदहरि तिमिल्सिना, सञ्जीव पौडेल र आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला हुनुहुन्छ ।

समितिका सल्लाहकारमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, प्रा.डा. कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सेना, डा अजय थापा र डा वीरबहादुर कार्की तथा कानूनी सल्लाहकारमा फणीन्द्रराज कोइरालालाई चयन गरिएको छ ।

महासंघले नेपाली काँग्रेसको संगठनलाई मजबुत र एकताबद्ध बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने संयोजक अधिकारीले बताए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्