दुबै पक्षको आआफ्नो अडानका कारण नेकपा फुटको संघारमा – Janadesh Daily | ePaper

दुबै पक्षको आआफ्नो अडानका कारण नेकपा फुटको संघारमा


जनादेशडेली संबाददाता ।

२० अषाढ, काठमाण्डौ ।नेकपाका दुबै अध्यक्ष बीच हिजो भएको छलफल निष्कर्ष बिहिन भएसंगै सिंगो पाटी नै फुटको संघरमा पुगेको जानकारहरु बताउछन् । यदपि आज दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा वली र प्रचण्ड बीच छलफल अवश्य हुने छ ।

यता सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन विभिन्नस्तरमा प्रयासहरू भने भइरहेका छन् । दोस्रो पुस्ताका नेताहरूले दबाब समूह बनाएका छन्  । तर, ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको माग र कुनै पनि हालतमा कुनै पनि पद नछाड्ने ओलीको ‘बटमलाइन’बीच नेकपा शंक्तिसंघर्ष झन् जटिल भएको छ । यही गतिरोधबीच शनिबार स्थायी कमिटी बैठक बस्दै छ ।

ओली–प्रचण्डको शुक्रबारको संवादपछि नेकपाको शक्तिसंघर्ष थप जटिल बनेको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागे पार्टी विभाजन हुने चेतावनी दिएका छन् । पार्टीको विभाजन अब औपचारिकता मात्र रहेको भन्दै ओलीले यसको जिम्मेवार नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रहेको ठहर पनि सुनाएका छन् ।

विभाजन रोक्न भन्दै स्थगित भएको नेकपा स्थायी कमिटीको जारी बैठक शनिबार बस्ने तयारी छ । बैठकअघि दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भेट भएको थियो । भेटको विषयवस्तुबारे प्रचण्डले शुक्रबार साँझ नै सचिवालयका सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् । ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको निष्कर्ष सुनाउनुभयो र यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो,’ प्रचण्डले सचिवालयका नेताहरूलाई सुनाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्