जनादेश, काभ्रे ।
धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा उपचाररत ५५ बर्षिय एक व्यक्तिको मंगलबार राति ११.५५ बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ । मृतक मुुटु र थाईराईड रोगबाट समेत पीडित थिए । उनको अन्त्येष्टि नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरिरहेको छ ।
स्वास्थ्यमा समस्या देखिएसँगै तीन दिन अघि अस्पतालमा भर्ना उनको परीक्षणमा कोरोना पोजिीटिभ देखिएको थियो ।