क्लोथ बैंकद्वारा अक्सिजन बैंक सेवा सञ्चालन – Janadesh Daily | ePaper

क्लोथ बैंकद्वारा अक्सिजन बैंक सेवा सञ्चालन


जनादेश, जनकपुरधाम ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमणको दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ ।

विपन्नका लागि लुगा सहयोग गर्दे आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडका अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ ।

बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइ रहेकालाई बैंक निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ ।

घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइ निःशुल्क चिकित्सकीय परामर्श सेवा पनि सञ्चालन गरिरहेको जनाइएको छ ।

चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले धनुषा जिल्लाका ३० ,सप्तरीका २, सिरहाका २ ,महोत्तरीका २ , सर्लाहीका ४ र पर्साका १८ जना सङ्क्रमितले चिकित्सकीय परामर्श लिइरहेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्