एजेन्सी ।
प्रशिक्षक रोबर्टाे मार्टिनेजले स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीद्वय फरवार्ड इडेन हाजार्ड र गोलरक्षक थिवाउट कोर्टुवालाई टोलीमा समेट्दै युइएफए नेसन्स लिगको दुई खेलको लागि २९ सदस्यीय बेल्जियमको राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक मार्टिनेजले मिचे बात्सयाई र क्रिस्टियन बेन्टेकेलाई टोली बाहिर राख्दै युवा खेलाडी जेरीमी डोकु र ल्यान्ड्री मिमाटालाई पहिलोपटक टोलीमा समावेश गरे । यस्तै म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन, लिभरपुलका डिभोक ओरिगी, नेपोलीका ड्रिएस मेर्टिन्स र बोरुसिया डर्टमुन्डका थोर्गन हाजार्डले टोलीमा स्थान बनाएका छन् ।
बेल्जियमले ६ सेप्टेम्वरमा डेनमार्क र त्यसको तीन दिनपछि आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
रियल म्याड्रिडले नयाँ सिजनको लागि ३१ अगस्टबाट प्रशिक्षण थाल्दैछ । हाजार्ड र कोर्टुवा रियलको प्रशिक्षणमा जोडिदै केही दिनपछि बेल्जियमको टोलीमा सामावेश हुनेछन् । अघिल्लो सिजन इंग्लिस क्लब चेल्सीबाट रियल पुगेका हाजार्ड सिजनभर नै चोटसँग जुध्न पुगे ।
२९ वर्षे हाजार्डले कोरोनापछिको पछिल्लो ११ मध्ये ५ खेल गुमाएका थिए । अगस्ट दोस्रो साता म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा हाजार्ड सुरुवातमा मौका पाएपनि रियल २–१ ले पराजित हुँदै बाहिरिएको थियो । रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्दा कोर्टुवाले भने उच्च प्रदर्शन गरेका थिए ।
पुर्ण टोली
गोलरक्षक – कोइन कास्टिल्स, थिवाउट कोर्टुवा, सिमोन मिग्नोलेट
डिफेन्डर – हेन्ड्रिक भान क्रमब्रुगी, टोवी एल्डरवेरल्ड, डेडरेक बोयटा, इलियस कवाउट, जासोन डिनायर, लिन्डर डेन्डोनकर, ब्रान्डन मिचेलि, जान भर्टाेङहेन, टिमोथी कास्टाग्नि, थोमस म्युनियर
मिडफिल्डर – यानिक कारास्को, नासेर चाड्ली, थोर्गन हाजार्ड, बेभिन डि ब्रुयन, डेनिस प्राइट, युरी टिलेमान्स, हान्स भानाकिन, एक्सेल विस्टेल
फरवार्ड – इडेन हाजार्ड, यारी भर्सचाइरिन, ड्रिएर मेर्टिन्स, डिभोक ओरिगी, जेरीमी डोकु, ल्यान्ड्री डिमाटा, रोमेलु लुकाकु, र लियन्द्रो ट्रोसार्ड