महराले एमसीसी रोकेको भीम रावलको खुलासा – Janadesh Daily | ePaper

महराले एमसीसी रोकेको भीम रावलको खुलासा


जनादेश, काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशाली नेता डा. भीम रावलले तत्कालिन सभामुख कृष्णबहाुदर महराले एमसीसी रोकेको खुलासा गरेका छन् ।

एमसीसी खारेज अभियानमा आबद्ध करीब ३ सय अभियन्तासँगको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले अमेरिकीसँग लसपसी गर्ने केही ठूलाबडाहरुले दिएको चर्को दबाब र षड्यन्त्रका बाबजुद् संसदमा पास गर्ने काम तत्कालिन सभामुख कृष्णबहादुर महराको अडानका कारण अहिलेसम्म रोकिएको बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले ‘आइपीएस’ अमेरिकी सैन्य रणनीति अन्तर्गतको ‘हिन्द प्रशान्त रणनीति’ होइन भन्ने कुरा अमेरिकी सरकारले प्रष्ट नभनेसम्म यसबारेमा अरु कुरामा अघि बढ्नै नहुने स्पष्ट पारेका छन् ।

संसदमा विशेष समय लिएर सम्झौतामा भएका राष्ट्रघाती बुँदा खारेज गर्नुपर्ने कुरा आफूले उठाएको, प्रत्येक दफामाथि सुष्म निगरानी राखेर व्याख्यासहित प्रतिवेदन पार्टीलाई बुझाएको र पछिल्लो कार्यदलको प्रतिवेदनमा सो कुरा ‘बोल्न भनिएपछि’ राष्ट्रिय हितमा परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सकिने कुरा उल्लेख भएको बताएका थिए ।
कार्यक्रममा रावलले भने ‘सत्ता संचालन गरेको दलको कुटनैतिक बाध्यता’ बुझेर राष्ट्रघात रोक्न प्रयास भैरहेकोले लड्नेहरुको मनोबल नगिराउन अभियन्ताहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले राष्ट्रघाती दस्तावेजलाई संसदको सम्पत्तिका रुपमा मान्न अस्विकार्य भएको धारणा राखेका थिए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिडास्थल हुन नदिन पार्टी भित्र र बाहिरमात्र होइन, सडकमा समेत जानुपर्ने विचार व्यक्त गरेका थिए । पोखरेल, एमसीसी विरोधी अभियानमा देश दौडाहसमेत गरिसकेका छन् ।

आइपीएसकै अंग भएकाले कुनै पनि बहानामा एमसीसी अनुमोदन नहोस भन्दै साध्यबहादुर भण्डारी, पर्शुराम तामाङ, डा शम्भु कट्टेल, बाबुराजा महर्जन, महादिप पोखरेल लगायतका सहभागीले ‘मण्डले बंशका देसद्रोही व्यक्ति’ लाई अर्थमन्त्री बनाएर घातमाथि घात गरिएको आरोप लगाएका थिए । पत्रकार मनहरी तिमिल्सिनाले सहजीकरण गरेको सो कार्यक्रममा अभियानका संयोजक नारायण शर्माले थप आन्दोलनलाई उत्प्रेरणा मिलेको भन्दै कार्यक्रमको समापन गरेका थिए ।

स्मरण रहोस्, नेकपाभित्र भीम रावल, लीलामणि पोखरेल, देव गुरुङ, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमल खनाल लगायतका नेताहरु एमसीसीको विरोधमा बोल्दै आएका छन् भने वामपन्थी नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथी सहितको समूहले जागरण कार्यक्रम चलाउँदै आएको छ ।

संसार न्युजबाट Source: https://www.sansarnews.com/223119

/?fbclid=IwAR1KJzSv4_J1HjRAthgAP6BO2lQDcelUjuH1UsA9N966fqYFXRnKqXxuLAc

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्