परिचय :
गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो । संस्कृतमा गुडुची वा चक्रलक्षणिका भनिने गुर्जोलाई नेपालीमा अमृता पनि भनिन्छ ।
यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदिदार हुन्छ । यसका आँख्लाबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागजजस्तो पातलो हुन्छ र बोक्रामा सेताग्रन्थीका थोप्लाथोप्लाले भरिएको हुन्छ ।
यसका पात एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरू मुटु आकारका ७—८ वटा नसाहरू भएका करीब १० से.मी.लामा हुन्छन् । । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फूलहरू एक्लाएक्लै रहेका हुन्छन् । फलहरू गुदिदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दानाजत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।
यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथआदि रोगमा उपयोग गरिन्छ ।
गुर्जो एक लहरेदार बहुवर्षीय वनस्पति हो (तस्वीरः गुर्जोको पात र लहरा ) । संस्कृतमा गुडुची वा छिन्नोद्भवा र नेवारीमा गालेय भनेर चिनिने यो वनस्पतीलाई हिन्दीमा गिलोय भनिन्छ ।
कोभिड–१९ महामारीसँगै गुर्जोको खोजीनिति विशेषगरी नेपाल र भारतमा निकै बढेको छ । अहिले मात्र होइन, निकै अघिदेखि यसको प्रयोग परम्परागत औषधि र जडीबुटी चियामा भइरहेको छ ।
भारतमा योगगुरु रामदेवले यो महामारीका बेला यसको प्रयोग र उत्पादनलाई दिनहुँ प्रोत्साहन गरिरहेका छन् । रामदेव भन्छन् ‘तारबार, पर्खालनजिक वा जता हुन्छ, यो लगाऊ ।’
आयुर्वेदका प्राध्यापक डाक्टर नरेन्द्रनाथ तिवारी गुर्जोमा हुने आयुर्वेदिक गुणकै कारण यो महामारीका बेला यसको चर्चा भएको बताउँछन् । उनका अनुसार यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घि हुन्छ ।
पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोनाभाइरससँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि भने नियमित सेवन गरिरहेका छन् ।
केही महिनाअघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरैलाई बाहेक कुनै चर्चा र चासो थिएन– गुर्जोबारे । वनपाखा र खेतबारीमा प्रशस्त पाइने गुर्जो प्रायः खेर गइरहेको थियो । तर अहिले एकाएकगुर्जोको लहरो चर्चामा छ । गाउँघर, सहरबजारमा सेवन बढेको छ ।
विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसको कुनै औषधि र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद चिकित्सकले कोरोनासँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि खोजीखोजी सेवन गर्न थालिएको हो ।
यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । ‘गुर्जो बहुउपयोगी र बहुगुणकारी जडीबुटी भएकाले सम्भव भएसम्म खानु जरुरी छ,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.मधुरजी ढकालले भने, ‘हरेक कुराको सीमा हुन्छ ।
गुर्जो सेवनमा पनि मात्रा मिलाउनु आवश्यक हुन्छ । त्यसैले एक जना वयस्कले २ इन्चसम्मको टुक्रा गुर्जो थिचेर थोरै पानीमा राखी उमालेर ५० एमएलसम्म बनाई सेलाएर बिहान–बेलुका नित्य सेवन गर्दा फाइदा पुग्छ । गुर्जो सेवनले अन्य रोग निवारणमा समेत लाभ पुर्याउने उनले बताए ।
उष्ण तटीय क्षेत्रमा पाइने लहरे प्रजातिको वनस्पती गुर्जो खोज्ने यतिबेला छ्यापछ्याप्ती भेटिन्छन् । प्राचीन समयदेखि नै रोग प्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने गुर्जो ज्वरो, रुघाखोकी, मधुमेह र चर्मरोगसमेतको उपचारमा उपयोग गरिँदै आएको पाइन्छ ।
पछिल्लो समय भने कोरोना नियन्त्रणका लागिभन्दै गुर्जो पाइने क्षेत्रका प्रायः घरमा पानी वा चियामा उपयोग गर्न थालिएको हो । आयुर्वेद चिकित्सकका अनुसार बेसार, गुर्जो र तुलसीको पातसमेत मिसाएर उमालेको पानी बेलुकाबिहान नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुनेछ ।
पानको झैं फिँजारिएको पात हुन्छ, गुर्जोको । यसको लहरालाई काट्दा भित्र चक्राकार चिह्न देखिन्छ । बर्खायामको फूल पहेंलो र हिउँदमा फल रातो फल्छ ।
गुर्जोको ताजा वा सुकेको लहराको १–२ इन्चजति टुक्रालाई थिचेर २ सय एमएल पानीमा राखी उमाल्दै सुकाएर ५० एमएल भएपछि सेलाएर नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै मधुमेह (सुगर)का बिरामीलाई समेत राम्रो हुने केन्द्रले जनाएको छ ।
‘गुर्जो गुणकारी जडीबुटी भएको धेरैले अनुभव सुनाएका छन् । गुर्जो प्रयोग भएका विभिन्न औषधि ल्याउने तयारीमा छौं,’ जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन विश्वकर्माले भने, ‘बजेट व्यवस्थापनपछि गुर्जोयुक्त औषधि वितरण गर्ने र यसको उपयोग गर्ने विधिबारे सचेतनाको योजनामा छौं ।’
आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्वलगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।
चरक संहिता, चन्द्र निघन्टु, नेपाली निघन्टु लगायतका पुराना दस्तावेजका साथै वनस्पति विभागको महत्वपूर्ण प्रकाशन ‘मेडिसिनल प्लान्ट अफ नेपालमा यो वनस्पतिको उपयोगिताका बारेमा चर्चा गरिएको छ ।
यस वनस्पतिमाऔषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिनलगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।
सेता थोप्लाभएको बोक्रापातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मूत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग मानिदै आएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ ।
डा. यादवउप्रेती सल्लाह दिनुहन्छ– “गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझीऔंलाजत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाचपारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्घि गरौं ।”
आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाट समेत मुक्ति दिलाउने भएकाले यसलाई उपहारको रुपमा पनि दिन थालिएको छ ।