एजेन्सी ।
भारतीय सञ्चार माध्यमले ताइवानले चिनियाँ जनमुक्ति सेनाको सुखोई थर्टीफाइभ लडाकु विमान खसालेको भन्दै समाचार प्रसारण गरेपछि चीनले क्रुद्ध प्रतिक्रिया जनाएको छ ।
चीनले आधारहीन समाचार रिपोर्ट प्रसारण र प्रकाशन गर्दा दुई देशको सम्बन्धमा असर गर्ने चेतावनी पनि दिएको छ। ताइवानको रक्षा मन्त्रालयले यस्तो समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरिसकेको छ ।
शुक्रबार भारतको न्युज लाइन आइएफइले ट्वीटरमा शेयर गरेको फेक समाचार पछि भारतका सबैजसो मिडियामा मुख्य हेडलाइन बनेको थियो । न्युज लाइनले आफ्नो ट्वीट डिलिट गरेपनि त्यसबारे कुनै स्पष्टिकरण वा क्षमायाचना गरेको छैन ।
कोरोना महामारीको समयमा पनि भारतीय मिडियाले वुहानका विषयमा अनर्गल प्रचार गरेको स्मरण गराउँदै चीनले यस्तो प्रवृत्ति छोड्न चेतावनी दिएको छ ।
चीनको ग्लोबल टाइम्सले भारतीय मिडियाको गैरजिम्मेवार चरित्रबारे सम्पादकीय नै लेखेर आपत्ति जनाएको छ ।
र यो पनि –
चिनियाँ ग्लोबल टाइम्सको भारतलाई चेतावनीः चीनसँग भू-राजनीतिक खेल नखेल
दुई देशका रक्षामन्त्रीको मस्को वार्तापछि भारतलाई चीनको स्पष्ट र कडा सन्देश