जनादेश, काठमाण्डौ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने बताउनुभयो । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब रु ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ ।
उहाँले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिनुभयो । “विकास र समृद्धिको मेरुदण्ड युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उहाँले भन्नुभयो, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”
उहाँले कोरोना भाइरस ९कोभिड–१९०का कारणले युवालाई स्वरोजगार बनाउने काम सञ्चालन हुन नसकेकाले कोभिड–१९ को सामान्यावस्था आउनेबित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ का कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले युवालाई स्वरोजगार बनाउने चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताउनुभयो ।
उहाँले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाउनुभयो ।
गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताउनुभयो । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताउनुभयो । उहाँले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेस्फुन०का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिनुभयो ।
युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताउनुभयो । उहाँले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताउनुभयो ।
उहाँले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाउनुभयो । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उहाँले जानकारी दिनुभयो ।