एजेन्सी ।
विश्वचर्चित फुटबल खेलाडी केलियन एम्बाप्पे पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
फ्रान्सका स्टार फरवार्ड एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमामा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ।
कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। कोरोना पोजेटिभ देखिए पनि एम्बाप्पेलाई लक्षण भने नदेखिएको समाचारमा जनाइएको छ।
एम्बाप्पे गत विश्वकप फुटबलबाट विश्वभर चर्चित बनेका थिए । उनलाई मेस्सी र रोनाल्डोपछिका नेइमारजस्तै स्टार पनि भन्ने गरिएको छ ।
र यो पनि – बलिउड अभिनेत्री कंगनाको विवाद के हो, किन दिइयो उच्च सुरक्षा ?