एजेन्सी ।
चीनले भारतीय सेना अपहरण गरेको आरोप भारतका सांसदले लगाएपछि चीनले ठाडो प्रतिक्रिया दिएको छ ।
भारतको अरुणाचल प्रदेशबारे थाहा नभएको र उक्त भूमि तिब्बतको दक्षिणी क्षेत्रमा पर्ने भन्दै चीनले ५ भारतीय सेना ‘अपहरण काण्ड’बारे कुनै जानकारी नभएको बताएको हो ।
भारतका केन्द्रीय मन्त्री किरण रिजिजूले समेत चीनले अरुणाचलबाट भारतीय सैनिक अपहरण गरेको आरोप लगाएका थिए । उनलाई जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अरुणाचल प्रदेशबारे थाहा नभएको र उक्त क्षेत्र तिब्बतको दक्षिणमा पर्ने बताएका हुन् ।
भारतीय सेना अपरहरणबारे कुनै जानकारी नभएको पनि चीनले स्पष्ट पारेको छ ।ग्लोबल टाइम्सका अनुसार प्रवक्ता चाओले चीनले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिने र यो दक्षिणी तिब्बतको भूमि भएको उल्लेख गरेका छन्।
भारतीय मन्त्री रिजिजूले ट्वीट गर्दै अपहरणमा परेका सेनाबारे चीनको जवाफको प्रतिक्षामा रहेको बताएका थिए।
गत जुनमा लद्दाख सीमामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता दुई देशबीच तनाव बढिरहेको छ ।
र यो पनि-
लद्दाखमा गोली चल्यो, चीन भन्छः बाध्यात्मक जवाफी कारवाही
चीनबारे अनर्गल प्रचार नगर्न भारतीय मिडियालाई बेइजिङको चेतावनी