कोरोना खोपलाई झट्काः परीक्षणमा सहभागी विरामी परेपछि रोकियो अक्सफोर्डको ट्रायल – Janadesh Daily | ePaper

कोरोना खोपलाई झट्काः परीक्षणमा सहभागी विरामी परेपछि रोकियो अक्सफोर्डको ट्रायल


एजेन्सी ।
कोरोना भाइरसविरुद्ध बनेका खोपहरु कहिले प्रयोगमा आउलान् भनेर कुरिरहेकाहरुलाई निराशजनक समाचार छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपको ट्रायल रोकिएको छ । खोपको मानव परीक्षणमा सहभागी एक व्यक्ति विरामी परेपछि ट्रायल रोकिएको हो ।

ती व्यक्ति विरामी पर्नुको कारण थाहा हुन नसकेपनि खोपको ट्रायल तत्कालका लागि स्थगित गरिएको छ । अक्सफोर्डको खोपलाई संसारभरका मानिसले आशाको आँखाले हेरिरहेका छन् ।

संसारभर कोरोना भाइरसविरुद्ध एकदर्जन खोपको ट्रायल चलिरहेको छ र अक्सफोर्डको खोप अगाडिरहेका मध्ये एक हो ।

खोपको तेश्रो चरणमा ३० हजार भन्दा बढी मानिसमा प्रयोग गरिन्छ । र यस्तो प्रयोगमा वर्षौं समेत लाग्न सक्छ ।

खोपमा सहभागी भएका व्यक्ति किन विरामी भए भन्नेबारे स्वतन्त्र छानविन गरेपछि ट्रायल पुनः थाल्ने कि रोक्ने भन्ने निर्णय लिइने छ । यद्यपी अक्सफोर्डका अधिकारीहरुले खोपको ट्रायल केहीदिनमै सुरु हुने आशा गरेका छन् ।

यो पनि हेर्नुस्- 

श्रमिक उद्दारमा उदासिनताको परिणामः विदेशी भूमिमा देशको कार्यकारीविरुद्ध नारावाजी

विश्व कोरोना मिटरः मृत्यु हुनेको स‌ंख्या ९ लाख नाघ्यो, २ करोड ७७ लाख संक्रमित

चिनियाँ कम्पनीका हजारौं कर्मचारीलाई कोरोनाविरुद्धको खोप

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्