लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित) – Janadesh Daily | ePaper

लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित)


एजेन्सी ।
चीन र भारतका सेनाबीच पछिल्लो समय तनाव जारी रहेको लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच भएको झडपको पछिल्लो भिडियो सार्वजनिक भएको छ ।

दशकौं पछि सर्वाधिक तनावपूर्ण र रक्तपातपूर्ण बनेको गलवान भ्यालीको भिडन्तको नयाँ दृष्य सार्वजनिक भएको हो ।

१५ जुनमा त्यहाँ भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए । ३ मिनेट २५ सेकेण्डको उक्त भिडियोमा भारत र चीनका सेनाहरु एक अर्कालाई धकेला धकेल  र हानाहान गरिरहेको दृष्य देखिन्छ ।

भारत र चीनबीच त्यस यता निरन्तर तनाव भैरहेको छ । दुई दिन अघि मात्र दुवै पक्षले एक अर्को पक्षले गोली चलाएको आरोप लगाएका थिए। सैन्यस्तरमा वार्ता चलिरहँदा सीमा क्षेत्रमा तनाव पनि कायमै छ ।
हेर्नुस् भिडियो

 

यो पनि हेर्नुस् – 

चीनबारे अनर्गल प्रचार नगर्न भारतीय मिडियालाई बेइजिङको चेतावनी 

भारतलाई चीनको जवाफः ‘हराएका सेना’बारे थाहा छैन, अरुणाचल तिब्बतमा पर्छ 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्