सिटिइभिटिले १३ सय विद्यार्थीलाई छात्रवृत्तिमा डिप्लोमा इन्जिनियरिङ पढाउने (आवेदन: सूचना सहित) – Janadesh Daily | ePaper

सिटिइभिटिले १३ सय विद्यार्थीलाई छात्रवृत्तिमा डिप्लोमा इन्जिनियरिङ पढाउने (आवेदन: सूचना सहित)


जनादेश, काठमाण्डौ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि)ले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फाराम खुलाएको छ ।

सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा शैक्षिक सत्र २०७७/०७८ का लागि भदौ ३० गतेबाट अनलाइन आवेदन भर्न सकिने छ ।

सिटिइभिटिले परिषद्बाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षण संस्थाहरूमा १३ सय बढीको संख्यामा विद्यार्थीहरुलाई डिप्लोमा तहको इन्जिनियरिङ छात्रवृत्तिमा पढाउने छ ।

यस शैक्षिक सत्रको लागि एस.ई.ई. मा ग्रेड वृद्धिको प्रावधान नभएको हुँदा तोकिएको कार्यक्रमका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता (ग्रेड) पुगेका आवेदकले मात्र आवेदन फाराम भर्न सक्नेछन् ।
डिप्लोमा तहको बिभिन्न इन्जिनियरिङ संकायमा तल दिइएकोे कोटा अनुसार छात्रवृत्तिमा सिट संख्या छुट्याइएको छ ।

डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ -१०४
डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ -४
डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ -३०
डिप्लोमा इन जिओमेटिक्स इन्जिनियरिङ -११२
डिप्लोमा इन आर्कीटेक्चर इन्जिनियरिङ -३०
डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ -२८
डिप्लोमा इन मेकाट्रोनिक्स इन्जिनियरिङ -२
डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ -४६
डिप्लोमा इन इनफरमेशन टेक्नोलोजी (आई.टी.) -५६
डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ -१६०
डिप्लोमा इन रेफ एण्ड एसी इन्जिनियरिङ -४
डिप्लोमा इन हाइडोपावर इन्जिनियरिङ -१२

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को बृस्तृत सूचना

Source: https://engineersnepal.com/article/news/578

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्