एजेन्सी ।
भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा दैनिक सर्वाधिक रेकर्ड कायम हुने क्रम आजप्रयन्त जारी छ । गत चौबीस घण्टामा त्यहाँ ९४ हजार बिरामी थपिएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ४७लाख ५१ हजार पुगेको छ । त्यहाँ चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ७८ हजार पुगेको छ ।
भारतमा विगत २ सातायता निरन्तर संसारमै सर्वाधिक संक्रमितको संख्यामा रेकर्ड कायम भैरहेको छ । सबैभन्दा बढी संक्रमित रहेको भारतमा ३७ हजार विरामी थपिँदा चौबीस घण्टामा भारतको संख्या त्यसको झण्डै तीन गुना छ ।
तेश्रो स्थानमा रहेको ब्राजिलमा ३१ हजार बिरामी थपिएका छन् जुन् भारतको तुलनामा २ गुनाले कम हो ।
भारत अमेरिका पछि विश्वमै सर्वाधिक कोरोना संक्रमित भएको मुलुक हो । तर संक्रमित थपिने दरमा भने भारत विश्वमै पहिलो स्थानमा कायम छ ।
भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।
यो पनि हेर्नुस्-
भारतमा भयावहः हरेक दिन ९० हजार प्लसलाई संक्रमण, १ हजार प्लसको मृत्यु