जनादेश, काठमाण्डौ ।
कम्प्युटर, मोवाइलको स्क्रिनले हामी सबैको आँखामा असर गर्दछ । यसले बालबालीकाहरुको आँखाको ज्योतिलाई पनि खराब गराई दिन मद्दत गर्दछ ।
सानो उमेर देखि नै उनीहरुलाई स्क्रिनबाट टाढा राख्न सके आँखा बचाउँन सकिने आँखा डाक्टरहरु बताउँछन् । अतः उनीहरुको आँखको ज्योति गुम्नबाट बचाँउन बेलैमा सचेत हुनु आवश्यक छ ।
कोरोनाभाइरस महामारीका कारण अहिले सबै विद्यालयहरू बन्द छन्। थुप्रै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्। शिक्षा मन्त्रालयले पनि यस वर्षको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने भनिरहेको छ।
यस्तो अवस्थामा बालबालिकाले कम्प्युटर र मोबाइल फोनको स्क्रीनमा धेरै समय बिताउँदा कस्तो असर पर्छ र त्यो समयलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे प्रश्न उठ्न थालेको छ।
- अनलाइन कक्षामा पनि बालबालिकाहरूलाई प्रकृतिसँग नजिक बनाई उनीहरूले स्क्रीनमा बिताउने समय कम गराउन सकिन्छ।
- बालबालिकाहरुलाई चित्र बनाउन सिकाउने ।
- गित संगीतमा नाच्नगाउन सिकाउने ।
- घर वरिपरीका रुख, विरुवा, कटपतड.हरुको नामावली संकलन गर्ने ।
- घर सफा गर्ने, खाना बनाउँ सिकाउने आदि ।