जनादेश, काठमाण्डौ ।
सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
यसैक्रममा सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
प्रियासनलाई सरकारले जनसेवा श्रीबाट बिभुषीत गर्ने भएको हो । पत्रकारिता क्षेत्रबाट मुलुकको विकास तथा संबृद्धीमा योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो ।
यसैविच दाङका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, प्रादेशिक अस्तपताल तुलसीपुरका डा. सर्वेश शर्मालाई पनि प्रथम जनसेवा श्री चतर्थबाट बिभुषित गरिने भएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका ६ का ललितबहादुर वलीलाई समाजसेवीका रुपमा प्रथम जनसेवा श्री पदकबाट बिभुषित गरिने भएको सरकारले जनाएको छ ।