आइपिएलमा दोश्रो दिन सनसनीपूर्ण खेल, सुपर ओभरमा सन्दीपको टिमले जित्यो – Janadesh Daily | ePaper

आइपिएलमा दोश्रो दिन सनसनीपूर्ण खेल, सुपर ओभरमा सन्दीपको टिमले जित्यो


एजेन्सी ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोश्रो दिनको खेल सनसनीपूर्ण र रोमान्चक बनेको छ । सुपर ओभरमा पुगेको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हरायो । दिल्ली नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम हो ।

सुपर ओभरमा पञ्जावले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबा‍डाको सिकार भएका थिए । दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो ।

दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।पहिले फिलण्डि गरेको पञ्जाबले १ सय ५८ रनको लक्ष्य पच्छ्याउने प्रयास गर्दा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेले । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १-१ विकेट हात पारे ।

यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासेका थिए । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका थिए । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो । तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर ७ रनमा आउट भएका थिए । यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे । नेपालका सन्दीप भने पहिलो खेलमा प्लेइङ इलेभेनमा पर्न सकेनन् । उनले आगामी खेलमा मौका पाउने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुस् – 

विश्वभर अहिलेसम्मः ३ करोड १२ लाख मानिस कोरोना संक्रमित, ९ लाख ६४ हजार को मृत्यु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्