डब्ल्यूएचओको चेतावनी : कोरोना खोप आउनु अघि नै २० लाख मानिसको मृत्यु हुनसक्छ – Janadesh Daily | ePaper

डब्ल्यूएचओको चेतावनी : कोरोना खोप आउनु अघि नै २० लाख मानिसको मृत्यु हुनसक्छ


जनादेश, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओले बताएको छ । कोरोना संक्रमणका कारण हालसम्म विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।

डब्ल्यूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम हुने बताएका छन् ।

यस्तै, बेलायत लगाएतका केही मुलुकमा महामाीको दोस्रो लहर सुरु भएको छ । केही समय थोरै मानिसमा संक्रमण देखिए पनि हाल भने संक्रमितकोे संख्या बढ्न थालेको छ ।

अहिले विश्वभर ३ करोड २७ लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्