पद्मश्री साहित्य पुरस्कार ‘हंस’लाई, मोदनाथले पाए पद्मश्री साधना सम्मान – Janadesh Daily | ePaper

पद्मश्री साहित्य पुरस्कार ‘हंस’लाई, मोदनाथले पाए पद्मश्री साधना सम्मान


जनादेश, काठमाडौं ।

यो वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ले प्राप्त गरेको छ ।

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पुरस्कार हंसलाई प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी ३ लाख रुपैयाँ रहेको छ। दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमका दिन अर्पण गरिँदै आएकोमा यसपटक कोरोनाका कारण अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्