संसारमासंसारमा अहिलेसम्मः ७६ लाख ८६ हजार सक्रिय कोरोना संक्रमित, १० लाख ११ हजारको निधन – Janadesh Daily | ePaper

संसारमासंसारमा अहिलेसम्मः ७६ लाख ८६ हजार सक्रिय कोरोना संक्रमित, १० लाख ११ हजारको निधन


२ करोड ५१ लाखले जिते कोरोना
एजेन्सी ।

विश्वमा कोरोना संक्रमित हुने मानिसको कुल संख्या ३ करोड ८२ लाख नाघेपनि अहिले सक्रिय सक्रमितको संख्या ७६ लाख ८६ हजार रहेको वर्ल्डोमिटरले जनाएको छ ।

गत चौबीस घण्टामा २ लाख ८२ हजार कोरोना संक्रमित थपिएपछि अहिलेसम्म संक्रमित हुनेको कुल संख्या ३ करोड ८२ लाख ७ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌ंख्या १० लाख ११ हजार नाघेको छ ।

गत चौबीस घण्टामा ५ हजार भन्दा बढीको ज्यान गएपछि ज्यान गुमाउनेको स‌ंख्या १० लाख ११ हजार भन्दा बढी भएको हो ।
कुन देशमा कति संक्रमित र मृत्यु 
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ४२ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७४ लाख ४ हजार नाघको छ ।
त्यहाँ २४ घण्टामा ९ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख १० हजार ७ सय भन्दा बढी पुगेको छ ।

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८० हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६२ लाख २३ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९७ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा चौबीस घण्टामा ३१ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४७ लाख ८० हजार पुगेको छ ।

विश्वमा २ करोड ५१ लाख २९ हजार मानिसले भने कोरोना जित्न सफल भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्