जनादेश, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले यो सिजनका तीन खेले खेलिसकेको छ । सुरुका दुई खेल जितेको दिल्ली मंगलबार सनराइजर्स हैदराबादसँग भने पराजित भयो ।
पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
शेख जायद स्टेडियममा खेलिएको तेश्रो खेलमा पनि नेपालका सन्दीप भने बेन्चमै रहे । दिल्लीले हैदराबादविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेन । यसअघि दिल्लीले खेलेका दुई खेलमा पनि सन्दीप अटाएका थिएनन् ।
लगातार तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार तेस्रो खेलमा टिममा नपर्दा प्रशंसकहरु आश्चर्यमा परिरहेका छन् ।
दिल्लीले वेस्टइण्डिजका हेटमायर, अफ्रिकाका कागिसो रबाडा, अफ्रिकाकै एनरिच नोट्र्जे र मार्कोस स्टोनिसलाई ओभरसिज प्लेयरको रुपमा मैदानमा ल्याउँदा चोटका कारण सुरुवातका दुई म्याच गुमाएका स्वदेशी खेलाडी इशान्त शर्माले मौका पाएपनि सन्दीप बञ्चित रहे ।
विदेशी खेलाडीका रूपमा अघिल्लो दुई म्याचमा मौका पाएका एनरिज नोर्किया, मार्कस स्टोइनिस, शिमरोन हेटमायर र कागिसो रबाडाले राम्रो प्रदर्शन गरिरहेका छन् ।
दिल्लीले तत्काल यी चार विदेशी खेलाडीको विकल्प रोज्ने मनसाय नबनाएको देखिएको छ । र अन्य विदेशी खेलाडीको अहिलेको प्रदर्शनका आधारमा अवस्थामा सन्दीपले प्लेइङ-११ मा मौका पाउन झन् कठिन बन्दै गएको छ ।
टिमले एक पटकमा चार विदेशी खेलाडीलाई टिममा राख्न पाउँछन्। जहाँ दिल्लीले सिमरोन हेटमेयर, मार्कस स्टोइनिस, कागिसो रबाडा र एनरिच नोर्टजेलाई नै खेलाउने योजना बलियो देखिन्छ।
आगामी खेल दिल्लीले कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । तर त्यतिबेला पनि सन्दीपको प्लेइङ सेटको सुनिश्चितता छैन ।
दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ स्क्वाडमा पर्न सजिलो नभएको जानकारहरु बताउँछन् ।
यो सिजनमा खेलेको क्यारेवियन प्रिमियर लिग क्रिकेटमा सन्दीपले राम्रो प्रदर्शन गरेका थिए । तर उनले आइपिएलको नयाँ सिजनमा खेल्ने मौका नै पाएका छन् । क्यारेवियन प्रिमियर लिगमा सन्दीप सम्मिलित टिम सेमिफाइनलमा पराजित भएको थियो ।
यो पनि हेर्नुस्- क्यारेवियन प्रिमियर लिगः सन्दीपको प्रदर्शन प्रशंसनीय, टिम हारेको हार्यै
मन्त्रिपरिषद् पुनर्गठनः ओली हाम्रा र प्रचण्ड राम्राको पक्षमा, बामदेवको अदालती बहस आज