कोरोना महामारीः विश्वमा २४ घण्टामा थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित, कुल संख्या ३ करोड ४४ लाख – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा २४ घण्टामा थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित, कुल संख्या ३ करोड ४४ लाख


२ करोड ५६ लाखले मानिसले जिते कोरोना

एजेन्सी ।
विश्वमा गत २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विभिन्न देशमा गरी ३ लाख १३ हजार संक्रमित गत २४ घण्टामा थपिएको वर्ल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म संक्रमित हुनेको कुल संख्या ३ करोड ४४ लाख ६३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌ंख्या १० लाख ३२ हजार नाघेको छ ।

गत चौबीस घण्टामा ५ हजार भन्दा बढीको ज्यान गएपछि ज्यान गुमाउनेको स‌ंख्या १० लाख २३ हजार ६ सय भन्दा बढी भएको हो ।

कुन देशमा कति संक्रमित र मृत्यु
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ४६ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघको छ ।

त्यहाँ २४ घण्टामा ९ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख १२ हजार ६ सय भन्दा बढी पुगेको छ ।

 

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८१ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६३ लाख ९१ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९९ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा चौबीस घण्टामा ३५ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४८ लाख ४९ हजार पुगेको छ ।

विश्वमा २ करोड ५६ लाख ४७ हजार मानिसले कोरोनासँगको युद्ध जितेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्