आइपिएलमा आज दुई खेल, राजस्थान र बैंगलोर तथा दिल्ली र कोलकता भिड्दै – Janadesh Daily | ePaper

आइपिएलमा आज दुई खेल, राजस्थान र बैंगलोर तथा दिल्ली र कोलकता भिड्दै


एजेन्सी ।

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज २ खेल हुँदैछन् । लिगमा आज पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल अबुधावीस्थित शेख जाइद स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान र बिराट कोहलीको नेतृत्वमा रहेका बैंगलोर प्रतियोगितामा तेस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिनेछन् । यसअघि राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रन तथा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकतासंग ३७ रनले पराजित भएको थियो । यस्तै बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले तथा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो भने पन्जाबसंग ९७ रनले हार व्यहोरेको थियो ।

दुईबीच भएका पछिल्ला पाँच प्रतिस्पर्धामा राजस्थानले ३ खेल जितेको थियो भने बैंगलोरले १ जित्दा एक खेल नतिजाबिहिन भएको थियो । आजै अर्को खेलमा सन्दिप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । साहरजाह क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ । दुबै टोली तेस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछन् । यसअघि पन्जाब र चेन्नईलाई पराजित गरेको दिल्ली हैदराबादसंग पराजित भएको थियो ।

राजस्थान र हैदराबादलाई हराएको कोलकता मुम्बईसंग स्तब्ध हुन पुगेको थियो । दुईबीच भएका पछिल्ला ५ भेटमा दुबै टोलीले समान दुई-दुई खेल जित्दा एक खेल नतिजाबिहिन सकिएको थियो । यसअघि हिजो भएको खेलमा चेन्नईलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित दर्ता गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्