प्रिमियर लिग फुटबलः साविक विजेता लिभरपुलको लज्जास्पद हार – Janadesh Daily | ePaper

प्रिमियर लिग फुटबलः साविक विजेता लिभरपुलको लज्जास्पद हार


एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा साविक बिजेता लिभरपुलले एस्टन भिल्लासँग लज्जास्पद हार व्यहोरेको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलमाथि एस्टन भिल्लाले ७-२ गोल अन्तरको जीत निकाल्यो ।

ओली वाटकिन्सको ह्याट्रिक गरेको खेलमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।

भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे ।

लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरे पनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो ।

२२औं मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाए ।

३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३५औं मिनेटमा जोन म्याकजिनले गोल गरेपछि भिल्लाले ३–१ को अग्रता लिन सफल भयो ।

३९औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पूरा गरेपछि भिल्लाले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भएको थियो ।

५५औं मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्ला फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको आशा जीवितै राखे । ६६औं मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछि पर्‍यो ।

७५औं मिनेटमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–२ को अवस्थामा पुर्‍याए । त्यसपछि कुनै पनि टोलीले गोल गरेनन् र भिल्लाले लिभुरपुरविरूद्ध शानदार जित निकाल्यो ।

जितसँगै भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्