सावधान ! तपाईको पासवर्ड सजिलै ह्याक हुनसक्छ – Janadesh Daily | ePaper

सावधान ! तपाईको पासवर्ड सजिलै ह्याक हुनसक्छ


सिद्ध कौशल, काठमाण्डौ  ।

विश्वभर सूचना प्रविधिको विकास र विस्तार बढेसंगै यसका नकारात्मक पक्षहरु पनि उजागर हुन थालेका छन्। साइबर हमला र डाटा सुरक्षा अहिले निकै चर्चामा छन् । व्यक्ति वा संस्थाका पासवर्ड ह्याक भएका खबरहरु सुन्दा तपाईंमा पनि आफ्नो डेटा सुरक्षित नरहेको भय पैदा हुनु स्विभाविक नै हो ।

तर त्यसका लागि तपाईं आफै जिम्मेवार त हुनुहुन्न रु हालै प्रकाशित एक रिपोर्टले चार जनामा एक जना व्यक्तिको पासवर्ड कमजोर हुने गरेको तथ्य बाहिर ल्याएको छ ।

साइबर सेक्युरिटी कम्पनी क्यास्परस्काईको रिपोर्ट अनुसार चार जनामा एक जना प्रयोगकर्ताले निकै कमजोर पासवर्ड राख्ने गरेका छन् ।

यस्तो कमजोर पासवर्ड, जसलाई सजिलै डिकोड गर्न सकिन्छ । यहाँनिर तपाईंले जान्नैपर्ने कुरा के छ भने तपाईंको आफ्नो निजी तथा गोप्य डेटा ह्याकरसम्म पुग्नबाट रोक्ने एउटै पर्खाल तपाईंको पासवर्ड हो ।

यदि त्यही पर्खाल कमजोर छ भने ह्याकर सजिलै तपाईंको अकाउण्टमा प्रवेश गर्न सक्छन् । यस्ता कमजोर पासवर्डले ह्याकरलाई तपाईंको निजी डेटा मात्रै चोरी गराउन सहज बनाउँदैन, सँगसँगै बैंक खाता समेत रित्याउन सक्छ ।

अहिलेको समयमा इन्टरनेट प्रयोगकर्ताका अनेकौं अकाउन्ट हुने गर्दछन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, जिमेल, वालेट, मोबाइल बैंकिङ जस्ता दर्जनौं अकाउन्ट हुँदा त्यसका लागि छुट्टा छुट्टै पासवर्ड राख्नुपर्ने हुन्छ ।

अब यस्तोमा छुट्टा छुट्टै अकाउन्टको पासवर्ड सम्झिने कार्य आफैमा चुनौतिपूर्ण कार्य हो । त्यसैले सजिलोको लागि धेरैजसो प्रयोगकर्ताले विभिन्न अकाउन्टका लागि एउटै अर्थात समान पासवर्ड राखिरहेका हुन्छन् ।

जुन ह्याकरका लागि निकै सहज बनिदिन्छ । त्यति मात्र होइन, हामी सम्झिनका लागि सजिलो होस् भनेर पासवर्ड पनि त्यसैगरी तयार पारिरहेका हुन्छौं ।

पासवर्ड राख्दा अंक, अक्षर र संकेत मिलाएर राख्नु पर्दछ जस्तैः nirmal@2010!

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्