एजेन्सी ।
गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले हानेका नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा हिर्काएका छन् ।
फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो ।
३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले लागेका कारण अयोग्य घोषित भएका थिए ।
तर यसपटक भने उनी अयोग्य घोषित भएका छैनन् र सो अवस्था पनि छैन । त्यसबेला उनले कुण्ठा व्यक्त गर्न हिर्काएको बलले जजलाई लागेको थियो ।
यो पटक भने खेलकै क्रममा रहेको बलले लाइन जजलाई लागेको हो । जोकोविचले बलले लागेका लाइन जजको अवस्था राम्रो होला भन्ने आश गरेको बताएका छन् ।