बेल्जियमलाई धक्का, केविन ब्रुयना टिम बाहिर – Janadesh Daily | ePaper

बेल्जियमलाई धक्का, केविन ब्रुयना टिम बाहिर


एजेन्सी ।
विश्व नम्बर एक बरीयतामा रहेको बेल्जियन राष्ट्रिय फुटबल टोलीलाई आइसल्याण्डसँगको खेल अघि धक्का लागेको छ ।
महत्वपूर्ण खेलाडी केविन डी ब्रुयना आइसल्याण्डसँगको खेलका लागि तय गरिएको बेल्जियमको टोलीबाट फिट नभएकाले बाहिरिएपछि टिमलाई धक्का लागेको हो ।

डी ब्रूयना खेल्न नसक्ने भएपछि म्यानचेस्टर सिटी फर्किएका छन् ।

नेशन्स लिग लिग अन्तर्गत बेल्जियमले बुधबार आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ब्रूयना गएको आइतबार इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदा ७३ मिनेट खेलेका थिए ।

बेल्जियम नेशन्स लिगको समूह ए टू मा छ र उ शीर्ष स्थानको इंग्ल्याण्ड भन्दा एक अंकले पछि रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्