आइपिएलमा मिड-सिजन ट्रान्सफर खुला, खेल्न नपाएका सन्दीपले दिल्ली छोड्लान् ? – Janadesh Daily | ePaper

आइपिएलमा मिड-सिजन ट्रान्सफर खुला, खेल्न नपाएका सन्दीपले दिल्ली छोड्लान् ?


एजेन्सी ।

संसारकै सर्वाधिक चर्चित र महंगो टी–ट्वान्टी क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा यो सिजनका आधा खेल सकिएका छन् ।

सोमबार रोयल च्यालेंजर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीचको खेलपछि सबै टिमको ७ खेल पूरा भएको छ ।

आइपिएलमा लिगका आधाखेल सकिएपछि एक टिमले अर्को टिमका खेलाडी ट्रान्सफर गर्न पाउने मिड-सिजन ट्रान्सफरको प्रावधान राखिएको छ ।

कस्तो छ त ट्रान्सफर नियम
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को प्रावधान अनुसार ७ खेल खेलेपछि टिमले अर्को टिमका खेलाडी साट्न पाउँछन् । ट्रान्सफर हुने खेलाडीले भने सो संस्करणमा २ भन्दा कम खेल खेलेको हुनुपर्ने छ ।

बीसीसीआईका अनुसार मिड सिजन ट्रान्सफरका लागि फ्रेन्चाइज टिमले अर्को टिमको खेलाडी अनुबन्धन गर्न पाउनेछन्, ट्रान्सफर हुने खेलाडीले सिजनमा २ भन्दा धेरै खेल खेलेको हुनु हुँदैन, ट्रान्सफर हुन सबै टिमले ७ खेल खेलेको हुनुपर्ने नियम छ ।

यस पटकको आईपीएलमा नेपालका लेग स्पिनर सन्दीपमात्र होइन विश्वचर्चित थुप्रै स्टार खेलाडी बेन्चमै सिमित भएका छन् ।

दिल्ली क्यापिटल्समा सन्दीप लामिछाने, किङ्स इलेभन पञ्जाबका क्रिस गेल, मुजीब उर रहमान तथा चेन्नाई सुपर किङ्सका इमरान ताहिर, जोस हेजलउड तथा मुम्बईका मिचेल मेकक्लेनाघन, क्रिस लिन तथा रोयल च्यालेन्जर्स बैंगलोरका डेल स्टेन, क्रिस मोरिस तथा सनराइजर्स हैदराबादका मोहमद नाबी जस्ता स्टार खेलाडी ट्रान्सफरका लागि योग्य छन् ।

 

यी खेलाडीले मिडसिजनसम्म बेन्चमै विताएका छन् । सन्दीप लामिछानेले यो सिजन कुनै खेल पनि खेलका छैनन् । दिल्लीले लिगको ७ खेल सकिँदापनि सन्दीपलाई बेन्चमै राखेको छ । ७ खेलमा ५ जित सहित १० अंक जोडेको दिल्ली लिग अंक तालिकाको दोस्रो स्थानमा छ ।

स्पिनरको बहुमतले सन्दीपलाई समस्या

सन्दीप सफल स्पिनर भएपनि दिल्ली क्यापिटल्समा अनुभवी स्पिनरको उल्लेख्य संख्या छ । दिल्लीमा पाका भारतीय स्पिनर रविचन्द्रन आश्विन, अमित मिश्रा, अक्षर पटेल रहेका कारण सन्दीपले मौका नपाएका हुन् । उनलाई अन्य स्पिनर चोटग्रस्त हुँदा पनि मौका दिइएको छैन ।


मिडसिजनमा ट्रान्सफरको मौका सन्दीपले लिन्छन् वा दिल्लीमा रहन्छन् भन्ने केही बताएका छैनन् । कतिपय टिमलाई स्पिनरको कमी भएका कारण सन्दीप तानिने सम्भावना नभएको होइन तर मिडसिजन ट्रान्सफरका लागि सन्दीपको निर्णय नै मुख्य हुनेछ । उनलाई निरन्तर बेन्चमा राखिएको भने नेपाली दर्शक तथा प्रशंसकहरु निराश छन् ।

यो पनि हेर्नुस्- 

सन्दीपलाई किन बेच्नमा राख्दै छ दिल्ली, अबको सम्भावना के

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्