जनादेश, काठमाडौं ।
तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । नरवणेले बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाली सेनालाई भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटरसहित एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।