राष्ट्रपति बनेपछि बाइडेनको आह्वान- बाझा-बाझ गर्न छोडौं आस्थाको विस्तार गरौं – Janadesh Daily | ePaper

राष्ट्रपति बनेपछि बाइडेनको आह्वान- बाझा-बाझ गर्न छोडौं आस्थाको विस्तार गरौं


एजेन्सी ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकी नागरिकहरुलाई बाझा-बाझा नगर्न र आस्थाको विस्तार गर्न आह्वान गरेका छन् ।

निर्वाचित भएपछि पहिलो मन्तव्य दिँदै बाइडेनले आफ्नो जित सबै नागरिकको जित भएको बताए ।

‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो जित तपाइँको हो, मलाई ७ करोड ४० लाख मत प्राप्त भएको छ, यति मत आजसम्म कसैलाई प्राप्त भएको थिएन’, बाइडेनले मन्तव्यमा भने ।

अमेरिकी जनताले आफूमाथि देखाएको विश्वासलाई स्वीकार गर्ने बताउँदै उनले अगाडि भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ,सबैलाई साथ लिएर अगाडि बढ्नेछु, म रेड स्टेट र ब्लु स्टेटको रुपमा हेर्नेछैन, म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन, अब हामी सबै मिलेर काम गर्नेछौं।’

जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा विश्वका नेताहरुले बधाइ दिएका छन्।

विश्वका नेताहरुले बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाइ दिँदै उनीहरुसँग काम गर्न आफू तयार रहेको बताएका छन्।

यो पनि हेर्नुस्- द्वन्द चर्काउने ओलीको मुड, टेलिभिजनमा भने- हामी बिदा लिउँ, नयाँ पुस्तालाई जिम्मा दिउँ

इतिहास रचेकी कमला र उनको भारत साइनो 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्