अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसको मनछुने भाषण – Janadesh Daily | ePaper

अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसको मनछुने भाषण


एजेन्सी ।
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी कमला ह्यारिसले चुनावी विजयी पछि दिएको पहिलो मन्तव्यमा मन छुने भाषण गरेकी छिन् ।

डेलवरको विलमिङ्गटनमा जित पछिको पहिलो सम्बोधनमा उनले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताइन् ।

उनले आफू उपराष्ट्रपति बन्ने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी सन्तानका रुपमा इतिहास बनाएकी कमला ह्यारिसले सम्भावनाको सुरुवात भएको बताएकी छन् ।

अमेरिकी समाजमा कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको र त्यसको सुरुवात भएको कमलाले बताइन् ।

जो बाइडेनले आफूलाई उपराष्ट्रपतिका रुपमा चयन गरेर शताब्दियौँदेखि रहँदै आएको अवरोधलाई चिरेको उल्लेख गरिन् । उनले उपराष्ट्रपतिका रुपमा बाइडेनलाई सहयोग गर्न हरेक दिन तयार रहने बताइन् । बाइडेन ‘हिलर’ रहेको बताइन् ।

कमलाले सम्बोधनमा आफ्नी आमा समला गोपालन ह्यारिसको स्मरण गरिन्, जो १९ वर्षको उमेरमा भारतबाट अमेरिका गएकी थिइन् ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।

यो पनि हेर्नुस्- राष्ट्रपति बनेपछि बाइडेनको आह्वान- बाझा-बाझ गर्न छोडौं आस्थाको विस्तार गरौं 

इतिहास रचेकी कमला र उनको भारत साइनो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्