जनादेश, काठमाडौं ।
अन्तिम नतिजा घोषणा हुन बाँकी रहेको भएपनि विश्वका नेताहरुले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जो बाइडेन र कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिएका छन् । अमेरिकासँग सहकार्यको अपेक्षा रहेको उनले उल्लेख गरेका छन् ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बाइडेन र ह्यारिसलाई बधाई दिँदै दुई देशबिच रहँदै आएको मित्रवत सम्बन्धलाई थप बिस्तार गर्नका लागि सहकार्यको अपेक्षा रहेको उल्लेख गरेका छन् ।
यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बधाई तथा शुभकामना दिँदै अमेरिका बेलायतको महत्वपूर्ण सहयात्री रहेको भन्दै जलवायु परिवर्तन तथा सुरक्षासहितका क्षेत्रमा सहकार्य गरि काम गर्ने अपेक्षा गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै अमेरिकी नागरिकले आफ्नो नेता चुनेको उल्लेख गरेका छन् । उनले सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन् ।
स्पेनका राष्ट्रपति पेद्रो सान्चेजले पनि दुई नेतालाई शुभकामना दिएका छन् । उनले विश्व सामु रहेका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।
यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडेन र कमला ह्यारिसलाई शुभकामना दिएका छन् । उनले भिन्दा भिन्दै ट्वीट गरेर बाइडेन र ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै एकताको सन्देशमा काम गर्नु पर्ने उल्लेख गरेकी छन् ।
बाइडेन र ह्यारिसलाई विश्वका अरु नेताले शुभकामना दिँदै क्रम जारी रहेको छ ।
वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको भन्दै नतिजालाई चुनौति दिने बताएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएको उनको आरोप छ । तर अमेरिकी सञ्चार माध्यमहरुले उनको दाबी निराधार रहेको बताएका छन् ।
यो पनि हेर्नुस्- अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसको मनछुने भाषण
ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली