एजेन्सी ।
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस लाजिओसँग १–१ को बराबरीमा रोकिएको छ ।
साबिक विजेता भएपनि युभेन्टसले अंक जोड्ने मौका लगातार गुमाउँदै गएको छ ।
१५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर अवे टोली युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर सो अग्रता इन्जुरी समयमा गएर कायम रहन सकेन ।
लाजिओका लागि काइसेडोले ९५ औँ मिनेटमा गोल गरे र युभेन्टसलाई जितको मार्गबाट रोके। बराबरीपछि पाँचौँ स्थानको युभेन्टसको सात खेलबाट १३ अंक भएको छ ।