सरकार पछि हट्यो, सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क – Janadesh Daily | ePaper

सरकार पछि हट्यो, सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क


जनादेश, काठमाडौं ।
सर्वोच्च अदालतको परमादेशलाई पालना गर्दै सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क हुने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडको लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले सरकारी अस्पतालमा समेत बिरामीको परीक्षण गर्दा शुल्क लिने र उपचार गर्दा बिरामीले धरौटी रकम राख्नुपर्ने निर्णय गरेसँगै विरोध हुँदै आएको थियो ।

सर्वोच्च अदालतले समेत कोरोना परीक्षणको शुल्क नलिन सरकारका नाममा परमादेश जारी गरे‍को थियो ।

मन्त्रीहरुले आफूले पाउने आगामी चैतसम्मको सुबिधाको ५० प्रतिशत रकम कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन् ।

सरकारले पुस्तक आयातमा कर लगाउने अघिल्लो बर्षको विवादास्पद निर्णय सच्याएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पुस्तक आयातमा लाग्दै आएको कर हटाउने निर्णय गरेको हो । गत बर्षको बार्षिक बजेटमै पुस्तक आयातमा १० प्रतिशत कर तिर्नुपर्ने व्यबस्था गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्