एजेन्सी ।
विश्वमा गत चौबीस घण्टामा ४ लाख ८२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख २५ हजार संक्रमित थपिएका छन् भने दोश्रो स्थानमा भारत छ ।
अमेरिकामा चुनावपछि संक्रमणदर बढेपनि भारतमा भने केहीदिन यता कम देखिएको छ । अमेरिकामा केही दिनयता निरन्तर दैनिक १ लाख भन्दा बढी संक्रमित थपिएका छन् ।
तर दुई महिनाअघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ५७ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार १०४ पुगेको छ ।
संसारमा अहिलेसम्म ५ करोड १२ लाख मानिसलाई कोरोना भएको छ । जसमध्ये ३ करोड ६० लाख निको भैसकेका छन् । त्यस्तै १ करोड ३९ लाख सक्रिय संक्रमित मध्ये ९३ हजार भन्दा बढीको अवस्था गम्भीर छ ।